१२औँ तह स्वास्थ्य सचिवको दुई दरबन्दीमा २१ जनाको प्रतिस्पर्धा

काठमाडाैं | मंसिर २०, २०७९

१२औँ तह स्वास्थ्य सचिवको दुई दरबन्दीमा २१ जनाको प्रतिस्पर्धा

काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औं तहको अतिरिक्त स्वास्थ्य सचिवका लागि बढुवा प्रक्रिया अघि बढाएको छ ।


१२ औँ तहका डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीले अवकाश पाएपछि दुई दरबन्दी रिक्त छ । स्रोतका अनुसार ती दुई दरबन्दीमा प्रतिस्पर्धा गर्न योग्यता पुगेका २१ जनाले व्यक्तिगत विवरण बुझाएका छन् ।


मन्त्रालयको बढुवा समितिले गत ३० कात्तिकमा सूचना जारी गर्दै अतिरिक्त स्वास्थ्य सचिवका लागि योग्यता पुगेकाहरुलाई १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनेको थियो ।


विवरण बुझाउनेमा प्रदेश अस्पताल भद्रपुरका डा.टंक बराकोटी, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. कृष्णप्रसाद पौडेल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा र गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका डा.विनोदविन्दु शर्माले विवरण बुझाएका छन् ।


यसैगरी, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौला, नारायण ढकाल, डा. सञ्जय ठाकुर, कान्ति बाल अस्पतालका डा. अजित रायमाझी, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा. विनोदकुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. मनिषा रावल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका डा. सरोज शर्मा, परोपकार प्रसुति अस्पतालका डा. आमिरबाबु श्रेष्ठले पनि व्यक्तिगत विवरण बुझाएका छन् ।


भेरी अस्पतालका डा. राजन पाण्डे, राष्ट्रिय ट्रमा सेन्टरका डा. रुद्र मरासिनी, भेरी अस्पतालकी दुर्गालक्ष्मी श्रेष्ठ, कर्णाली प्रदेश अस्पतालका डा. केशरबहादुर ढकालले पनि बढुवाका लागि व्यक्तिगत विवरण पठाएका छन् ।


निर्धारित समयमा विवरण बुझाउने २१ जनामध्ये बढुवा समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ । जसमध्ये दुई जना बढुवा हुने छन् ।


१२ औं तहको अक्तिरिक्त स्वास्थ्य सचिवमा बढुवामार्फत मात्र पदपूर्ति हुने व्यवस्था छ । ११औं तहमा कम्तीमा ५ वर्ष सेवा गरेका विशेषज्ञहरू १२ औं तहमा बढुवाका लागि योग्य हुन्छन् । बढुवा कार्यक्षमता मूल्यांकनका आधारमा हुने व्यवस्था छ ।


पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकन र अन्य ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम तथा शैक्षिक योग्यता र तालिमबापत कर्मचारीले प्राप्त गरेको अंकका आधारमा योग्यताक्रममा अब्बल व्यक्तिलाई मन्त्रिपरिषद्ले १२ औं तहमा बढुवा गर्ने छ ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्